
पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा अध्ययनका लागि हार्वर्ड विश्वविद्यालय जाने भएकी छिन् । विश्वकै चर्चित हार्वर्ड विश्वविद्यालयमा श्रृङ्खला अर्बन प्लानिङ अर्थात सहरी विकास योजनामा स्नातकोत्तर गर्न जान लागेकी हुन् ।
शृङखला नेपालमा आर्किटेक्चरमा स्नातकसम्मको गरेकी छन् ।हार्वर्डबाट अध्ययनको लागि स्वीकृति पाएसँगै उनले सामाजिक सञ्जाल मार्फत उक्त खुसी साटेकी छन् ।
श्रृङ्खलाले यसलाई आफ्नो अहिलेसम्मकै ठूलो अचिभमेन्टको रुपमा हेरेकी छिन् । उनलाई धेरैले बधाई दिइरहेका छन् ।





