आज आफ्नो ३४ औँ जन्मदिन मनाउँदै बलिउड अभिनेत्री श्रद्धा



श्रद्धा कपुर बलिउडकी सर्वाधिक चर्चित नायिका हुन् । उनको फ्यान फलोइङ निकै राम्रो छ । श्रद्धा बलिउडकी सालिन अभिनेत्रीमध्ये पर्छिन् । निकै कम विवादमा आउने नायिका हुन्, उनी । आज उनै अभिनेत्री श्रद्धा कपुरको जन्मदिन रहेको छ ।

हेर्दा २२ बर्षकी झैँ देखिने श्रद्धा आज आफ्नो ३४ औँ जन्मदिन मनाइरहेकी छिन् । आज श्रद्धाको जन्मदिन परेकाले उनलाई फ्यान तथा बलिउड सेलिब्रेटीले जन्मदिनको शुभकामना दिइरहेका छन् । श्रद्धाको फिल्मी करियको सुरुवात ३ पति नामक चलचित्रबाट भएको थियो । यो चलचित्र बलिउडमा नराम्रोसँग चिप्लियो न त श्रद्धा दर्शकको नजरमा नै परिन् ।

तरपनि उनले चलचित्रमा काम गरिरहिन् । सन् २०१३ मा आएको आशिकी २ ले श्रद्धाको करियरलाई अर्कै उचाईमा पुर्याइदियो । उक्त चलचित्र बलिउडमा सफल हुनुका साथै श्रद्धा पनि रातारात स्टार बनिन् । अहिले उनलाई चलचित्र गर्न भ्याई नभ्याई छ । श्रद्धा बेला बेलामा नेपाली मुलका रोहन श्रेष्ठ, जो बलिउडका चर्चित फोटोग्राफर हुन् उनीसँगको प्रेमको कुराको कारण चर्चामा आउने गर्छिन् । यद्यपि दुवैले यसबारे अहिलेसम्म केहीपनि बताएका भने छैनन् ।

श्रद्धालाई हाम्रोतर्फ बाट पनि जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्