नेपाली फ्यानको उपचारको लागि बलिउड अभिनेता सोनुले गरे यति ठूलो सहयोग



बलिउड सोनु सुद आजभोली दुखी गरिबको भगवानको रुपमा चिनिन थालेका छन् । लकडाउनको समयमा उनले धेरै प्रवासी मजदुरलाई उनीहरुको घरसम्म पुर्याउनका लागि काम गरे । त्यसपछि धेरैको नजरमा उनी परेका थिए । अहिले कसैले आफूलाई अप्ठ्यारो पर्ने बित्तिकै सोनु सुदलाई सम्झने गरेका छन् । सोनुले पनि आफूले भ्याएसम्म सहयोग गरिरहेका छन् ।

यसैबिच केही दिन अघि मधु पौडेल नाम गरेका एक नेपालीले सोनुसँग सहयोग मागे । उनले ट्वीटरमार्फत विगत १० बर्षदेखि ढाड दुख्ने समस्याबाट पिडित भएको र उपचारका लागि पैसा नभएको भन्दै सोनुसँग आर्थिक सहयोगको लागि अपिल गरे । उनले लठ्ठी टेकेर हिडिरहेको भिडियो पनि पोष्ट गरेका थिए ।

सोनुले यसको जवाफ ट्वीटरमार्फत नै दिएका छन् । उनले ट्वीटरमा लेखेका छन्, –‘अतिथी देवो भवः । भारतबाट नेपाल विना लठ्ठी पुग्नेछौ ।’ सोनुले मधुको उपचारमा पूर्ण रुपमा सहयोग गर्ने वाचा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्