मेलबर्न बाट कपिलले ल्याए ‘तिमीलाई नै’ (भिडियो)



काठमाडौँ । केहि समयअघि ‘छम छमी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेर चर्चा कमाएका गायक कपिल सापकोटाले ‘तिमीलाई नै’ बोलको लिरिकल भिडियो सार्वजनिक गरेका छन् ।

पप भर्सनको यस गीतमा स्वर,शब्द र सगीत स्वयम् गायक कपिल सापकोटाको रहेको छ । वाकअले निर्माण गरेको लिरिकल भिडियोलाई ‘बाबा फिल्म्स प्रडक्शन’को अफ़िसिएल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

अस्ट्रेलियाको मेलबर्न सहरमा बसेर नेपाली संगीतमा क्रियासिल गायक सापकोटाले यस गीतको अफ़िसिएल म्युजिक भिडियो छिट्टै सार्वजनिक हुने बताएका छन् ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्