कटरिनाकी बहिनी इसाबेलको बलिउडमा डेब्यु, यस्तो छ फिल्मको ट्रेलर…



कटरिना कैफ बलिउडकी सर्वाधिक चर्चित अभिनेत्री हुन् । उनले बलिउडमा आफ्नो छुट्टै स्थान बनाइसकेकी छिन् । अहिले उनलाई ठूला ब्यानरका चलचित्रबाट अफर आउन थालेको छ । उनै कटरिनाकी बहिनी पनि बलिउडमा डेब्यु गर्ने भएकी छिन् ।

कटरिनाकी बहिनी इसाबेल कैफको डेब्यु चलचित्र टाइम टु डान्स को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । चलचित्र २१२१ को मार्च १२ मा रिलिज हुने बताइएको छ । यो फिल्मको निर्देशन कोरियोग्राफर तथा निर्देशक रेमो डिसुजाकी श्रीमती लिजेल डिसुजाले गरेकी हुन् ।

चलचित्रमा इसाबेलसँगै सुरज पन्चेलीको पनि मुख्य भूमिका रहने छ । टाइम टु डान्स एक रोमान्टिक प्रेमकथा हो जसमा डान्सको महत्वपूर्ण भूमिका छ । इसाबेल यो चलचित्रको लागि निकै नै उत्साहित छिन् । ट्रेलरमा दर्शकले इसाबेलको अभिनयलाई रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्