‘हामी महिलालाई शारिरीक हिंसा र चरित्र हत्याको डर सधैँ भइरहन्छ’ : बर्षा सिवाकोटी



यतिबेला सामाजिक सञ्जालमा ओली पक्ष नेकपाको केन्द्रीय सदस्य तथा सांसद गायिका कोमल वलीको विषयमा नेकपा प्रचण्ड–माधव पक्षका नेता रघुजी पन्तले दिएको अभिव्यक्तिले तहल्का नै मच्चाइरहेको छ । धेरैले पन्तको अभिव्यक्तिको विरोध गरिरहेका छन् । पन्तले केपी ओलीलाई सारी सारेर पिडौँला देखाएर कोमल वली केन्द्रीय सदस्य भएको भन्ने अभिव्यक्ति दिएपछि यो विवाद पैदा भएको हो । उनले सम्पूर्ण महिलामाथि नै अपमान गरेको भन्दै विभिन्न क्षेत्रका महिलाहरु उनको विरोधमा उत्रिएका छन् ।

यसबिच नायिका बर्षा सिवाकोटीले पनि सामाजिक सञ्जालमा स्टाटस लेख्दै यसबारे असन्तुष्टि व्यक्त गरेकी छिन् । उनले स्टाटसमा कतैपनि रघुजी पन्तको नाम समावेश गरेकी छैनन् । तर उनको स्टाटस उनलाई नै लक्षित गरेर लेखिएको स्टाटस पढ्दै स्पष्ट थाहा हुन्छ । बर्षाले स्टाटस लेख्दै राजनीतिमा गरिने आरोप, प्रत्यारोप तथा व्यक्तिगत लाञ्छना लगाइन्छ ? भनेर प्रश्न गरेकी छिन् ।

‘तिम्रो राजनीति म बुझ्दिनँ’ भन्दै उनले लेख्न सुरु गरेको स्टाटसमा उनले अगाडि लेखेकी छन् ‘तर यति बुझ्छु, वर्षौं भान्साको चार पर्खालभित्र बस्दा भन्दा एकछिन त्यो पर्खाल बाहिर बस्दा बढी पीडा हुन्छ । शारीरिक हिंसा, दुर्व्यवहार र चरित्र हत्याको डर सधैँ भइरहन्छ ।’

उनी अगाडि थप्छिन्, ‘यो समाज कति अगाडि बढ्यो जस्तो लाग्थ्यो, महिलाहरु भान्साबाट बाहिर आए, ठूला पदमा पुगे, प्रधानमन्त्री अनि राष्ट्रपति भए, अन्तरिक्षसम्म पुगे, तर कतिको मानसिकता अझै बदलिएन ।’ उनले धेरै संघर्षपछि आएको अहिलेको परिवर्तनलाई केहि दरिद्र सोच भएका मानिसको अभिव्यक्तिले केहि प्रभाव पार्ने समेत बताएकी छन् ।

बर्षाको स्टाटस जस्तोको तस्तै–

प्रतिक्रिया दिनुहोस्