माल्दिभ्सको समुन्द्री किनारमा प्रियंकाको बोल्ड अवतार, फ्यानले दिए यस्तो प्रतिक्रिया…



नायिका प्रियंका कार्की श्रीमान आयुष्मान देशराज जोशीसँग केहीसमय अघि आफ्नो जन्मदिन र पहिलो एन्निभर्सरी मनाउनको लागि माल्दिभ्स पुगेकी थिइन् । उनै प्रियंका माल्दिभ्समा रमाइरहेको तस्बिरले यतिबेला सामाजिक सञ्जालमा तहल्का नै मच्चाएको छ ।

तस्बिरमा प्रियंका हदभन्दा बढी बोल्ड देखिएकी छिन् । माल्दिभ्सको समुन्द्री किनारमा बिकिनी अवतारमा देखिएकी प्रियंकाको तस्बिरलाई लिएर दर्शकले अनेक खालका प्रतिक्रिया दिइरहेका छन् । प्रियंका तस्बिरका कारण चर्चामा आएको यो पहिलो पटक भने होइन ।

यसअघि पनि उनी तस्बिरका कारण धेरै चर्चामा आएकी छिन् । हुन त चर्चामा आउन रमाउने नायिका हुन् प्रियंका । त्यसैले उनले तस्बिरमा फ्यानले दिएका सकरात्मक र नकरात्मक दुवै प्रतिक्रियालाई सामान्य रुपमा नै लिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्