अब चलचित्रमा पनि एकसाथ देखिदैँ पल र मलिका !



पल शाह र मलिका महतको जोडी पछिल्लो समयमा दर्शकमाझ निकै लोकप्रिय छ । यी दुईले फुलबुट्टे सारी र टाढा भएपनि बोलको गीतमा एकसाथ काम गरे । गीतले त सर्वाधिक चर्चा पायो नै त्यसका साथै पल र मलिकाको केमेष्ट्रिलाई पनि दर्शकले साह्रै मन पराए ।

अब यहि जोडी चलचित्रमा पनि एकसाथ देखिने जानकारी प्राप्त भएको छ । ‘फुलबुट्टे सारी र टाढा भएपनि’ बोलको गीतको भिडियो तयार गरेको केन्द्र मोसन पिक्चर्सले नै चलचित्रको तयारी गरेको हो । यतिबेला चलचित्रको धमाधम कथा लेख्ने काम भैरहेको छ । पोखरामा रहेर कलाकार माओत्से गुरुङ र उनको टिमले चलचित्रको कथा लेखिरहेको छ ।

पलले यो कुरालाई स्वीकार गरेका छन् । उनले केन्द्र मोसन फिक्चर्सले मलिका र उनलाई लिएर अझै केही भिडियो र चलचित्र पनि बनाउने तयारी गरिरहेको बताएका छन् । पलले चलचित्रको कथा मन परे आफू र मलिका अवश्य काम गर्ने समेत बताएका छन् ।

दर्शक पनि यी दुईलाई चलचित्रमा हेर्नको लागि निकै नै उत्साहित छन् ।

प्रतिक्रिया दिनुहोस्