पल र मलिकाको ‘टाढा भएपनि’ ले राख्यो युट्युबमा नयाँ रेकर्ड…



‘टाढा भएपनि मेरो माया गाढा छ नि’, पछिल्लो समयको सर्वाधिक चर्चित गीत हो यो । यो गीतलाई हरेक वर्गका मानिसले रुचाइरहेका छन् । उर्गेन दोङको शब्द र संगीत रहेको गीतको मेल भर्जनले निकै सफलता पाएपछि करिब १५ दिन अघि अस्मिता अधिकारीका आवाजमा गीतको फिमेल भर्जन रिलिज भएको थियो ।

पल शाह र मलिका महत फिचर्ड रहेको गीतले २४ घण्टामा सर्वाधिक भ्यूज पाउने गीतको रेकर्ड राखेको थियो । अहिले यो गीतले नयाँ रेकर्ड राखेको छ ।

यो गीतले युट्युबमा सबैभन्दा छोटो समयमा राखेको रेकर्डलाई टाढा भएपनि बोलको गीतले तोडेको छ । यो गीत युट्युबमा रिलिज भएको १५ दिनमै १ करोड भ्यूज पाउँदै यस्तो रेकर्ड राख्न सफल भएको हो ।

यो गीतको भिडियोलाई पनि दर्शकले निकै रुचाएका छन् । यसअघि पल र मलिकाले फुलबुट्टे सारी बोलको गीतमा एकसाथ काम गरेका थिए । उक्त गीतलाई पनि दर्शकले निकै रुचाएका थिए ।

प्रतिक्रिया दिनुहोस्