माल्दिभ्समा आयुष्मानसँग यसरी मनाइन् प्रियंकाले आफ्नो जन्मदिन…



नायिका प्रियंका कार्कीले हिजो माल्दिभ्समा निकै धुमधामसँग आफ्नो जन्मदिन मनाइन् । केहीदिन अघिमात्र जन्मदिन र म्यारिज एन्निभर्सरी मनाउन यी दुई माल्दिभ्स पुगेका थिए । प्रियंका र आयुष्मानले सामाजिक सञ्जालमा माल्दिभ्समा सेलेब्रेसन गरेको तस्बिर अपलोड गरिरहेका छन् । जुन अहिले चर्चामा छ ।

आज यी दुईले विवाह गरेको १ बर्ष पुरा भएको छ । विवाह लगत्तै कोरोना महामारी आएकाले यी दुईले एकअर्कासँग कतै गएर समय बिताउन पाएका थिएनन् । अहिले भने यी दुई माल्दिभ्समा एकअर्कासँग रमाइलो समय बिताइरहेका छन् ।

प्रियंकाले आयुष्मानलाई जन्मदिन र एनिभर्सरीमा यति ठूलो खुशी दिएको भन्दै धन्यवाद दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्