‘ह्याप्पी बर्थ डे’ प्रियंका कार्की !



नेपाली सिने जगतकी सर्वाधिक चर्चित अभिनेत्री प्रियंका कार्की आज आफ्नो ३३ औँ जन्मदिन मनाइरहेकी छिन् । प्रियंकाको जन्मदिन परेकाले आज उनलाई सामाजिक सञ्जालमार्फत उनका शुभचिन्तक तथा कलाकर्मीले शुभकामना दिइरहेका छन् ।

चलचित्र कलिउड बाट नेपाली चलचित्र जगतमा भित्रिएकी प्रियंकाले सुरुवाती दिनदेखि नै आफ्नो कामले दर्शकको मन जित्दै गइन् । उनलाई सफलता भने चलचित्र नाई नभन्नु ल २ ले दिलायो भन्दा फरक नपर्ला । किनकी यहि चलचित्रमार्फत उनले आफूलाई धेरै दर्शकमाझ चिनाएकी थिइन् ।

अभिनय र नृत्यमा अव्वल मानिने प्रियंकाले अहिलेसम्म धेरै सफल चलचित्रमा काम गरिसकेकी छिन् । अहिले भने उनको व्यस्तता अभिनयमा भन्दापनि निर्देशनमा बढी देखिएको छ । केहीसमय अघि उनले आफ्नो निर्देशनमा वेब सिरिज निकालेकी थिइन् ।

प्रियंकालाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्