डिभोर्स भएपछि सैफले अमृतालाई दिएका थिए यति करोड…



बलिउड अभिनेता सैफअली खान केहीदिन अघि चौँथो पटक पिता बने । उनकी पूर्वपत्नी अमृताका २ सन्तान रहेका छन् भने हालकी पत्नी करिना कपुरले केहीदिन अघि दोस्रो सन्तानलाई जन्म दिएकी हुन् ।

सैफ फेरि पिता बनेसँग यतिबेला सामाजिक सञ्जालमा उनको पहिलो विवाहबारे पनि चर्चा हुन थालेको छ । सबैलाई थाहै छ सैफको पहिलो विवाह उनीभन्दा १२ बर्ष जेठी अमृता सिंहसँग सन् १९९१ मा भएको थियो । विवाह भएको १३ बर्षपछि यी दुई अलग्गिएका थिए ।

अमृतासँग डिभोर्स गरेपछि उनले अमृतालाई ५ करोड भारु रकम दिएका थियो । उनले २.५ करोड पहिलोपटक र २.५ करोड दोस्रो पटक गरी ५ करोड दिएका हुन् । त्यसका साथै छोरा इब्राहिम १८ बर्षको हुदाँसम्म हरेक महिना १ लाख पठाइदिएका थिए ।

अमृता र सैफ अहिले सँगै नभएपनि यी दुईको सम्बन्ध त्यति नराम्रो छैन । अमृताका छोराछोरी बेला बेलाम सैफ र करिनालाई भेट्न गइरहेका हुन्छन् र करिना पनि इब्राहिम र सारालाई निकै नै माया गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्