सुजन चापागाईको ‘लजाएर’ रिलिज, ‘तिनपाते’ जोडी मिलन र अनु फिचर्ड



‘देखेर तिमीलाई, हेरेर तिमीलाई’ । यो गीत नसुन्ने र मन नपराउने दर्शक सायदै होलान् । यहि गीतले एकाएक चर्चामा आए गायक सुजन चापागाई । ६ महिना अघि रिलिज भएको ‘तिनपाते’ गीतले दर्शकको सर्वाधिक मन जित्यो ।

यो गीत सफल मात्र भएन यसले सुजन चापाईको करियर नै परिवर्तन गर्यो । हर्क साउदको शब्द र सुजन स्वयमको संगीत रहेको गीतमा सुजन चापागाईसँगै विद्या तिवारीको पनि आवाज रहेको छ । उक्त गीतले अत्याधिक सफलता पाएपछि सुजनले केहीसमय अघि ‘गाला पुक्क’ गीत निकालेका थिए । ‘गाला पुक्क’ लाई पनि दर्शकको राम्रो साथ मिल्यो । अहिले फेरि सुजनको नयाँ गीत बजारमा रिलिज भएको छ ।

शैलेस गिरीको शब्द र रिकेश गुरुङको संगीत रहेको ‘लजाएर’ बोलको गीतमा सुजन चापागाईको आवाज रहेको छ । यो गीतको वास्तविक गायक भने अमरु श्रेष्ठ हुन् । सुजनले गाएको ‘लजाएर’ को नयाँ भर्जनलाई दर्शक श्रोताले निकै रुचाइएका छन् । गीतमा ‘तिनपाते’ जोडी मिलन खत्री र अनु काफ्लेका साथै स्वयम सुजन चापागाई र प्रिया लामा पनि फिचर्ड छन् । गीत सुन्ने अधिकांश दर्शकले गीत राम्रो बनेको प्रतिक्रिया दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्