
अभिनेता पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष अरुण प्रधानबिचको विवाद सहमतिमा टुगिंएको छ । हिजो इलाका प्रहरी कार्यालय धरानमा भएको छलफलमा अरुण र पलले एकअर्कासँग माफी मागेपछि यो विवाद टुगिंएको हो ।
विवाद सकिएपछि पलले दुवै पक्षबाट कमजोरी भएको र दुवैले गल्ती स्वीकार गरेको बताए । यता अरुणले पनि पल र आफू दुवैबिच भएको मनमुटाव सकिएपछि हात मिलाएको बताए । विवाद टुगिंएपछि एक मिडियासँग कुरा गर्दै पलले भने–‘अरुणजीले पनि एउटा सेलिब्रिटीमाथि आफूले व्यवहार गर्दा कमजोरी भएको स्विकार गर्नुभयो । यस्तै, मेरा सहयोगी कृष्णप्रसाद जोशीले पनि कमजोरी स्विकार गर्नुभयो । दुबैले कमजोरी स्विकार गरेपछि अब घटनालाई टुंगाएर अघि बढ्ने सहमती भयो ।’
स्मरण रहोस् २ दिन अघिमात्र धरानमा म्यूजिक भिडियोको छायांकनका लागि पुगेका पलले एक रेष्टुरेन्टमा खाना खाने क्रममा अरुणले आफूमाथि दुव्र्यवहार र कुटपिटको प्रयास भएको भन्दै पलविरुद्ध प्रहरी कार्यालय धरानमा उजुरी दिएका थिए ।





