पललाई धम्की : माफी नमागे प्रदेश १ मा उनको फिल्म रिलिज नै गर्न नदिइने



आफूमाथि कुटपिट गरेको भन्दै नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले अभिनेता पल शाहविरुद्ध मुद्धा दर्ता गरेका थिए । अहिले उनले पलले आफूसँग माफी माग्नुपर्ने बताएका छन् ।

अध्यक्ष प्रधानले पलले केटाहरु बोलाएर आफूमाथि कुटपिट गरेको आरोप पलमाथि लगाएका थिए । अहिले उनले पलले माफी नमागे प्रदेश नम्बर १ मा उनको फिल्म नै चल्न नदिने धम्की दिएका छन् ।

पलले भने आफूमाथि अरुणमाथि कुनै दुव्र्यवहार नगरेको बरु आफूमाथि चै दुव्र्यवहार भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्