क्यान्सरसँग जुधिरहेकी राखी सावन्तकी आमाले अस्पतालबाट भिडियो बनाउँदै सलमान खानलाई दिइन् धन्यवाद



बलिउडकी निकै कन्ट्रोभर्सियल मोडल तथा डान्सर राखी सावन्त बिगबोस सिजन १४ मा दोस्रो पटक प्रतिस्पर्धी बनेर आउँदा पुनः चर्चामा आइन् । बिर्सिसकेका दर्शकले राखी सावन्तले फेरि नजिकबाट नियाल्ने मौका पाए । उनै राखी सावन्तकी आमा केही समयदेखि बिरामी छिन् । आज बिरामी भएका कारण आजभोली राखी निकै चिन्तित छिन् । उनले सामाजिक सञ्जालमा आफ्नी आमाको उपचारको लागि आफूलाई आर्थिक अभाव परेको भन्दै सहयोगको लागि अपिल पनि गरेकी छिन् ।

हाल राखीकी आमाको मुम्बईको एक अस्पतालमा उपचार भैरहेको छ । यसबिच अभिनेता सलमान खानले राखीलाई आर्थिक रुपमा केही सहयोग गरेको हल्ला चलिरहेको छ । राखीको आमाले अस्पतालबाटै एक भिडियो बनाएर सलमान र उनका भाई सोहेल खानलाई धन्यावद दिएकी छिन् ।

राखीकी आमाले भिडियोमा भनेकी छिन्, सलमान–सोहेल धन्यवाद । म हाल अस्पतालमा छु, मेरो किमोथेरेपी चलिरहेको छ । मेरो चारवटा थेरेपी पूरा भइसकेको छ र अझै दुई बाँकी छ । त्यसपछि मेरो शल्यक्रिय हुनेछ । म तपाईहरुको सफलताको प्राथना गर्छु, भवगान तपाईको साथमा हुनुहुन्छ । भगवानले तपाईको सबै सपना साकार पारुन् ।

प्रतिक्रिया दिनुहोस्