हलिउड गायिका लेडी गागाका चोरी भएका २ कुकुर फिर्ता ल्याइदिनेलाई ६ करोड रुपैयाँ उपहार



हलिउडकी सर्वाधिक चर्चित गायिका लेडी गागाका चोरी भएका २ कुकुरलाई फिर्ता गर्नेले ५ लाख डलर (६ करोड ७८ लाख रुपैयाँ) पुरस्कार पाउनेछन् ।

गत बुधबार साँझ लेडी गागाका कुकर घुमाउने व्यक्तिलाई कसैले गोली हानेर उनका दुई कुकुरहरु चोरी गरेको थियो । लेडी गागा आफ्ना कुकुरहरुसँग निकै नै नजिक थिइन् । त्यसैकारण उनले आफ्ना कुकर भेट्टाउनको लागि यतिधेरै पुरस्कार दिन लागेकी हुन् ।

लेडी गागाले कुकुर जसले लगेको भएपनि धनराशी दिएर कुनै प्रश्न नगरी आफ्नो कुकुर फिर्ता लिने समेत बताएकी छिन् । उनले कुकर भएका व्यक्तिका लागि एउटा इमेल ठेगाना पनि जारी गरेकी छिन्, जुन इमेलमार्फत ती व्यक्तिले पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

गायिका गागाका हराएका कुकुरको नाम कोजी र गुस्ताव हो ।

प्रतिक्रिया दिनुहोस्