अन्ततः गायिका अञ्जु पन्तले गरिन् प्रेमी थिर कोइरालासँग विवाह, भाइरल बन्दै तस्बिर



गायिका अञ्जु पन्तले केहीसमय अघि थिर कोइरालासँग आफ्नो प्रेम रहेको स्वीकार गरेकी थिइन् । त्यसपछि लगातार सामाजिक सञ्जालमा यी दुईको विवाहको चर्चा चलिरहेको थियो । अन्ततः अञ्जु र थिरले विवाह गरेका छन् ।

अञ्जु र थिरले बुधबार पाटनको एक चर्चमा क्रिस्चियन परम्परा अनुसार विवाह गरेका हुन् । विवाहमा सेलिब्रेटीको उपस्थिति भने थिएन । परिवार र आफन्तकाबिच थिर र अञ्जुले विवाह गरेका हुन् । यतिबेला सामाजिक सञ्जालमा यी दुईको विवाहको तस्बिरले निकै नै चर्चा पाइरहेको छ ।

त्यसका साथै अञ्जु र थिरलाई उनीहरुका शुभचिन्तकले बधाई दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्