कुटपिटको आरोप लागेपछि पलले भने : ‘मैले दुर्व्यवहार गरेको होइन, ममाथि दुर्व्यवहार भएको हो’



हालैमात्र अभिनेता पल शाहविरुद्ध कुटपिट गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भयो । चलचित्र महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पल र उनको म्यानेजरले आफूमाथि कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । यसबारे पलले जवाफ दिएका छन् ।

पलले आफूले कसैमाथि दुव्र्यवहार नगरेको बरु उल्टै आफूमाथि दुव्र्यवहार भएको बताएका छन् । उनले भनेका छन्, ‘हामी म्यूजिक भिडियो छायांकनका लागि धरानमा छौं । खाना खाने क्रममा अरुणजीले मलाई र मेरा सहयोगी कृष्णप्रसाद जोशीलाई दुर्व्यवहार गर्नुभयो ।’

उनले थपे, ‘एउटा कार्यक्रमका लागि अरुणजीले मलाई जानुपर्छ भनेपछि मैले मेरो म्यानेजर कृष्ण जोशीसँग कुरा गर्न भनेको थिएँ । यसपछि अरुणजीले मलाई ए यो भाई ठूलो भएको, म यसको नाम हटाइदिन्छु भन्दै औला नै ठड्याएर कुरा गर्नुभयो । कृष्णले अरुणजीलाई तपाइले बोल्ने तरिका यही नै हो, हामी त गेष्ट हौं भनेका थिए । मलाई अरुणजीले उल्टै औंला देखाएर पिट्न खोज्नुभयो ।’

आज जिल्ला इलाका धरानले पललाई यस विषयमा छलफलको लागि बोलाएको छ । साथै अरुण प्रधान पनि छलफलको लागि जानेछन् ।

प्रतिक्रिया दिनुहोस्