
अभिनेता पल शाह ठूलो समस्यामा परेका छन् । उनीविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूमाथि दुव्र्यवहार र कुटपिट भएको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् ।
प्रधानको निवेदनपछि पललाई आज छलफलको लागि धरान बोलाइएको छ ।
म्यूजिक भिडियोको सुटिङका लागि धरान पुगेका पलको निर्देशनमा सहयोगी कृष्णप्रसा जोसीले आफूमाथि आक्रमण गरेको प्रधानले बताएका छन् ।
त्यतिमात्र नभएर प्रधानले दुव्र्यवहार गरेका पलले होटल ज्वाई खानामा रहेका बेला ८–१२० जनाको टोली नै बोलाएको पनि बताए । प्रधानले आफूमाथि आक्रमण भएका कारण नै उजुरी दिएको बताएका छन् ।





