महाकवि देवकोटाको ‘कवि कुञ्ज’ निर्माणका लागि बजेट व्यवस्थापन गर्ने डा.भट्टराईको प्रतिवद्धता



नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले काठमाडौं महानगरपालिका वडा नं ३० स्थित महाकवि लक्ष्मी प्रसाद देवकोटाको निवास ‘कवि कुन्ज’ निर्माणका लागि प्रज्ञा प्रतिष्ठानको नेतृत्वसँग छलफलमा जुटेका छन् ।

छलफलमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेती, सदस्य सचिव जगत प्रसाद उपाध्याय, प्राज्ञहरुको उपस्थिति रहेको नेकपा काठमाडौं क्षेत्र नं ४ का संयोजक तेज ढकाल जानकारी गराए ।

काठमाडौं क्षेत्र नं ४ मा रहेको ‘कवि कुञ्ज’ निर्माणले नेपाली र अन्तर्राष्ट्रिय साहित्य जगतको महत्व दर्शाउने स्थलका रुपमा विकास गर्न आवश्यक बजेटको व्यवस्थापन गर्ने डा. राजन भट्टराईले प्रतिवद्धता गरेका छन् ।

केहि दिन पहिले निर्माणाधिन स्थलको स्थलगत निरीक्षण गरेका डा. भट्टराईले पारिवारिक सदस्य र सरोकारवालाको अनुरोधपछि प्रज्ञा प्रतिष्ठान पुगि वास्तविकता बुझेका हुन् ।

प्रतिक्रिया दिनुहोस्