एसिया प्यासेफिक क्षेत्रको अध्यक्षमा धुलिखेल नगरप्रमुख अशोक श्रेष्ठ



एसिया प्यासेफिक क्षेत्रका स्थानीय सरकारहरुको साझा संगठन (युनाईटेड सिटिज लोकल गभरमेन्टस् एसिया प्यासेफिक)को अध्यक्षमा धुलिखेल नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

यसअघि सह–अध्यक्षका रुपमा रहेका श्रेष्ठ संस्थाको कार्यसमितिमा नेपालबाट छनौट हुने पहिलो जनप्रतिनिधि हुन् । सन् १९१३ मा स्थापित सस्थालाई संयुक्त राष्ट्र संघले मान्यता दिएको एकमात्र सरकारी संस्था हो ।

एसिया प्यासेफिक क्षेत्रका सात हजार भन्दा बढी स्थानीय सरकारहरुको प्रतिनिधित्व गर्ने संस्थाले यस क्षेत्रको ३.७६ अर्व जनसंख्याको प्रतिनिधित्व समेत गर्दछ ।

नेकपा केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठ प्रधानमन्त्री ओली निकट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्ला संगठन कमिटीका अध्यक्ष समेत हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्