युसीएलजीको सहअध्यक्षमा धुलिखेल नगरप्रमुख अशोक श्रेष्ठ



२९ भदौ २०७५, काठमाडौं

एसिया प्यासेफिक क्षेत्रका नगरपालिकाहरुको साझा संगठन युनाईटेड सिटिज लोकल गभरमेन्टस् एसिया प्यासेफिकको सहअध्यक्षमा धुलिखेल नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठ निर्वाचित भएका छन् ।

ईन्डोनेसियामा सम्पन्न सातौ युसीएलजी एस्पाकमा नेपाली नगरपालिकाको नेतृत्व गर्दै सहभागी श्रेष्ठले सहअध्यक्ष पदमा ६ देशका नगरप्रमुखको समर्थनले विजयी हासिल गरेका थिए ।

युसीएलजी एस्पाकमा निर्वाचित पदाधिकारीहरु :
अध्यक्ष : डा. ट्रिष्मा हार्नी, सुरावाया, ईण्डोनेसिया
सहअध्यक्ष : अशोक कुमार ब्याञ्जु श्रेष्ठ, धुलिखेल, नेपाल

सदस्यहरु
रञ्जित चौहान, भारत
डेभे कुल, न्यूजिल्याण्ड
सोङ जिङगो, चीन
स्टेफेन युटेन, अष्ट्रेलिया

प्रतिक्रिया दिनुहोस्