एयरपोर्टमा कपिलले रिसाउँदै गरे फोटोग्राफरलाई गाली, यस्तो छ कारण…



हालैमात्र बलिउडका सर्वाधिक लोकप्रिय हाँस्यकलाकार एयरपोर्टमा ह्वीलचेयरमा देखिए । यसबारे प्रश्न सोध्दा उनी पत्रकारमाथि नै भड्किए ।

कपिलले अहिले यसबारे खुलाएका छन् । उनले जिमको क्रममा आफूलाई ब्याक इन्जुरी भएकाले ह्वील चेयरको सहायता परेको बताएका छन् । तर उनले एयरपोर्टमा फोटोग्राफरमाथि गरेको व्यवहार भने राम्रो नभएको भन्दै उनको विरोध भैरहेको छ ।

जब फोटोग्राफरले कपिललाई ‘तपाईंलाई कस्तो छ?’ भनेर सोधे तब उनले रिसाउँदै भनेका थिए, ‘ओए, तिमीहरु सबैजना पछाडि हट ।’ त्यसपछि फोटोग्राफर भन्छन्, ‘ओके सर, धन्यवाद सर ।’ यसमाथि कपिल आफ्नो रिस देखाउँदै भन्छन्, ‘उल्लूहरु…’ उनको यो कुरा सुनेर फोटोग्राफर भन्छन्, ‘सर रेकर्ड भइसकेको छ ।’

यसमा कपिल शर्मा भन्छन्, ‘हो, गर रेकर्ड तिमीहरु दुर्व्यवहार गर्छौ । ’ अन्त्यमा फोटोग्राफर भन्छन्, ‘सर तपाईंले आग्रह गर्नुभएको भए हामी हटिहाल्थ्यौं । ’

सामाजिक सञ्जालमा कपिलको यो भिडियो निकै नै भाइरल भैरहेको छ । यसबारे भने कपिलले कुनैपनि प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्