विवाहबारे प्रश्न गर्दा पलले भने- ‘घर बनाएपछि मात्र बिहे गर्छु’



नेपाली सिने जगतका सर्वाधिक लोकप्रिय अभिनेता पल शाहलाई आजभोली अक्सर विवाहबारे प्रश्न गर्ने गरिन्छ । यसबारे पलले बल्ल गतिलो जवाफ दिएका छन् ।

हिजो जन्मदिनको अवसरमा चितवन पुगेका पललाई त्यहाँ पनि पत्रकारहरुले विवाह कहिले गर्ने भनेर सोधेका थिए । जवाफमा पलले विवाहको जीवनको निकै महत्वपूर्ण निर्णय भएकाले आफूले हतारमा यो निर्णय लिन नचाहेको बताए । उनले केही समय अघि आफूले घर किन्न लागेको बताएका थिए ।

उनले बूढानीलकण्ठमा अब छिट्टै घर किनेर त्यसलाई राम्रोसँग सेट गरिसकेपछि मात्र विवाह गर्ने बताएका छन् । उनले आफ्नो बिहे हुन अझै २–३ बर्ष लाग्ने बताएका छन् । पछिल्लो समयमा पलको नाम मोडल गरिमा शर्मासँग जोडिदैँ आएको छ । तर पलभने आफूहरुबिच प्रेम नभएको बताउँछन् । पलले गरिमा र आफूले एकअर्कालाई सम्मान गर्ने गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्