विपिन र नम्रता पछि ‘प्रसाद २’ मा भित्रिए निश्चल



बक्स अफिसमा सफल भएको चलचित्र प्रसाद को सिक्वेल बन्ने घोषणा धेरै पहिले नै भएको थियो । प्रसाद मा झैँ प्रसाद २ मा पनि मुख्य भूमिकामा लागि विपिन कार्की र नम्रता श्रेष्ठ फाइनल भैसकेका थिए ।

अब चलचित्रमा निश्चल बस्नेत पनि जोडिएका छन् । निश्चलले प्रसाद मा खलनायकको भूमिका निभाएर चर्चामा आएका थिए ।

प्रकाश लाई दिनेश राउतले निर्देशन गरेका थिए भने प्रसाद २ लाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् । चलचित्रको छायांकन चैत्रको दोस्रो साताबाट सुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्