मनकारी अभिनेता पल : भन्छन्– ‘मानिसको सेवा गर्नु नै मेरो धर्म’



नेपाली सिने जगतका सर्वाधिक चर्चित अभिनेता पल शाहले हिजो आफ्नो ३० औँ जन्मदिन मनाए । उनले यसपटकको आफ्नो जन्मदिन चितवन पुगेर मनाएका छन् ।

चितवनमा उनले आजबाट सञ्चालनमा आएको एक आश्रमको उद्घाटन गरे । पलले बताए अनुसार उक्त आश्रम निर्माण कार्य ३ महिना अघि सुरु भएको थियो । अहिले उक्त आश्रम निर्माणको ८० प्रतिशत काम सकिसकेको छ । पलको जन्मदिनको अवसर पारेर नै आश्रमको उद्घाटन गरिएको हो ।

पलले यो आश्रममा निर्माण भएका २ टहरा आफैले बनाएका हुन् । पलले समाज सेवा गरेको यो पहिलो पटक होइन । उनले यसअघि पनि धेरै दुखी गरिबको सहयोग गरिसकेका छन् । उनलाई धेरैले समाजसेवा किन गर्नुहुन्छ भनेर सोध्छन् । पल भने कसैबाट प्रशंसा पाउन नभई आफ्नो खुसीको लागि समाजसेवा गर्ने गरेको बताउँछन् । उनले आफू मानिस भएकाले मानिसको सेवा गर्नु आफ्नो धर्म भएको सोचेका छन् । पलको यहि महान विचारले नै दर्शकले उनको मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन् ।

पल आफ्नो कामले अरुलाई प्रेरणा मिलोस भन्ने चाहन्छन् । उनले एउटा कलाकार भएकाले आफ्नो कामले अरुलाई प्रेरणा दिन सक्नुपर्ने बताए । तर उनले यो काम आफू एक्लैले गर्न भने नसक्ने भएकाले अरुको पनि साथ र सहयोग आवश्यक पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्