श्रीमती मीरालाई दिए शाहिदले ५६ करोडको घर उपहार



बलिउडका सर्वाधिक चर्चित अभिनेता शाहिद कपुर र उनकी श्रीमती मीरा राजपूत बलिउडका सर्वाधिक लोकप्रिय जोडीमध्येका एक हुन् । यी दुई बेला बेलामा आफ्नो प्रेमका कारण चर्चामा आइरहेका हुन्छन् ।

शाहिद र मीराको घर निकै आलीशान रहेको छ । शाहिद र मिराले आफ्नो घरको कुना कुनामा बसेको तस्बिर बेला बेलामा सामाजिक सञ्जालमा सेयर गरिरहेका हुन्छन् । शाहिदले अहिले उनीहरु बसिरहेको घर श्रीमतीको दोस्रो गर्भावस्थामा उपहार स्वरुप दिएका थिए । यो घरको मूल्य ५६ करोड भारु रहेको छ ।

उनको यो अपार्टमेन्ट ४२ र ४३ औं तलामा छ । स्मरण रहोस्, यो शाहिदको दोस्रो घर हो । शाहिदको जुहूमा पनि आलिशान बंगला छ ।

शाहिद कपुर र मीराको विवाह सन् २०१५ मा भएको थियो । यी दुईका एक छोरी र एक छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्