यी हुन् संसारकै सबैभन्दा हट हजुरआमा, उमेरले पुगिन् ५०



यतिबेला सामाजिक सञ्जालमा संसारकै हट हजुरआमाको तस्बिरले तहल्का मच्चाइरहेको छ । उनी हेर्दा २०–२२ बर्षकी युवतीजस्ती देखिन्छिन् । गिना स्टेवार्टले आफू हजुरआमा भएको बताउँदा मानिसहरुले विश्वास नै गर्दैनन् । उनलाई देख्दा उनी ५० बर्षकी भइन् जस्तो पनि लाग्दैन । तर यो वास्तविकता हो ।

गिनाले डेलीस्टारसँग कुरा गर्दै आफ्नो यो लुकका केही रहस्य खोलेकी छिन् । उनले शारीरिक अभ्यास र स्वस्थ खानाजत्तिकै महत्वपूर्ण मानसिक स्वास्थ्य पनि हुने बताएकी छिन् । उनले भनिन् ‘म यसमा मस्तिस्कको शक्ति पनि उत्तिकै हुन्छ भन्ने विश्वास गर्छु । दिमागमा शान्ति कायम गर्नु, कुन कुराले मलाई तनाव दिन्छ भन्ने कुराको पहिचान गर्नु र त्यो तनाव सकेसम्म कम गर्दा पनि स्वस्थ र सुन्दर रहन सकिन्छ ।’

उनको तस्बिरलाई फ्यानले औधी रुचाएका छन् । उनको तस्बिरमा कमेन्टको पनि बर्षा नै भएको छ । आफ्नो शरीरलाई यतिधेरै मेन्टेन राख्नको लागि गिना दैनिक पैदल हिड्छिन्, पर्याप्त पार्टी पिउँछिन् र स्वस्थ खाना खान्छिन् ।

प्रतिक्रिया दिनुहोस्