‘बिगबोस १४’ कि विजेता बनिन् टेलिभिजन दुनियाँकी सर्वाधिक चर्चित अभिनेत्री रुबिना



भारतको सर्वाधिक चर्चित रियालिटी शो बिगबोस सिजन १४ को गएराति ग्राण्ड फिनाले भएको थियो । ४ महिनासम्म चलेको यो शो ले अन्ततः यस शो को विजेता पाएको छ ।

बिगबोस १४ को विजेता टेलिभिजन दुनियाँकी सर्वाधिक चर्चित अभिनेत्री रुबिना दिलेक बन्न सफल भएकी छिन् । छोटी बहु, शक्ति जस्ता शोहरु गरेर दर्शकको मनमा आफ्नो छाप छोडिसकेकी रुबिनाले बिगबोस मार्फत अझ धेरै दर्शकको माया पाइन् । फिनालेमा उनीसँग चर्चित गायक राहुल वैद्य पुगेका थिए । राहुललाई उछिन्दै रुबिनाले बिजेताको ट्रफी हात पारेकी हुन् ।

उनले ट्रफीसँगै ३४ लाख नगद पुरस्कार पाएकी छिन् । यतिबेला रुबिनालाई बधाई दिनेको ओइरो नै लागेको छ ।

प्रतिक्रिया दिनुहोस्