‘ह्याप्पी बर्थ डे’ पल शाह !



पल शाह, नेपाली सिने जगतको लोकप्रिय नाम । छोटो समयमा नै उनले दर्शकको यतिधेरै मन जिते कि आज उनको एक झलक पाउन दर्शक आतुर हुन्छन् । पल निकै मेहेनती कलाकारमा गनिन्छन् । कामको कुरामा उनी कहिल्ये कन्जुस्याई गर्दैनन् । निकै मनकारी अभिनेता हुन् पल । अरुको दुखमा धेरै साथ दिएका छन् उनले । आज उनै सर्वाधिक चर्चित अभिनेता पल शाहको जन्मदिन हो ।

आज पल आफ्नो ३१ औँ जन्मदिन मनाइरहेका छन् । आज पलको जन्मदिन भएकाले सामाजिक सञ्जालमा उनलाई शुभकामना दिनेको ओइरो नै लागेको छ । कामको कुरा गर्दा लकडाउनका कारण पल र पूजाको मुख्य भूमिका रहेको चलचित्र म यस्तो गीत गाउँछु २ प्रदर्शनमा आउन सकेन । अब केहीसमय पछि चलचित्र प्रदर्शनमा आउने बताइएको छ ।

त्यसबाहेक उनी म्यूजिक भिडियोमा पनि निकै नै व्यस्त रहेका हुन्छन् । उनले एकपछि अर्को हिट गीत दिइरहेका छन् । यिनै पललाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्