स्वर्गीय अभिनेता सुशान्तको नाममा राष्ट्रिय अवार्डको घोषणा



छोटो समयमा नै दर्शकमाझ सर्वाधिक चर्चा बटुल्न सफल स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतको नाममा राष्ट्रिय अवार्ड स्थापनाको तयारी गरिएको हो । भारतीय जनता पार्टी निकट एक स्रोतले यो योजनाको तयारी भइरहेको पुष्टि गरेको छ ।

सुशान्त गएपनि उनले दर्शकमाझ आफ्नो निकै राम्रो छाप छोडेर गएका छन् । जसको कारण सम्मास्वरुण राष्ट्रिय अवार्ड स्थापनाको तयारी गरिएको हो ।

‘हो, उनीहरु सुशान्तको नाममा एउटा राष्ट्रिय अवार्ड स्थापना गर्ने तयारी गरिरहेका छन् । भाजपाले सरकारसमक्ष यो प्रस्ताव राखेको छ’, स्रोतले भनेको छ, ‘तर हामीलाई थाहा छ कि हाम्रो प्रशासनिक संयन्त्र र राजनीति निकै ढिलो छ । त्यसकारण यो अवधारणालाई अगाडि बढाउन केही समय लाग्नेछ । तर योजना पुरा हुनेमा आशावादी छौं ।’

स्मरण रहोस् सुशान्तले गतबर्ष जून १४ मा मुम्बईस्थित आफ्नो घरमा घाँटीमा पासो लगाएर सुसाइड गरेका थिए । तर उनको निधनको मुख्य कारण अहिलेसम्म पत्ता लगाउन सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्