दोस्रो पटक आमा बनिन् करिना, बधाई दिनेको ओइरो



नायिका करिना कपुरले आज मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा छोरालाई जन्म दिएकी छिन् ।

भारतीय मिडिया अनुसार गाह्रो भएपछि करिनालाई हिजो बेलुका नै अस्पताल भर्ना गरिएको थियो । उनले पहिलो सन्तानको रुपमा तैमुरलाई जन्म दिएकी थिइन् । उनले दोस्रो पटक पनि छोरा नै जन्माएकी छिन् ।

करिनाले छोरालाई जन्म दिएसँगै उनलाई सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो नै लागेको छ । दोश्रो सन्तान जन्मनु अगाडि सैफ र करिना नयाँ घरमा सिफ्ट भएका थिए । उनीरुको नयाँ घर निक्कै आलिसान रहेको बताइन्छ । जहाँ, लाइब्रेरी, स्विमिङ पूल, स्पेश नर्सरी समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्