‘पिके’ को सिक्वेल बन्दै, मुख्य भूमिकामा रणवीर कपुर



सन् २०१४ मा प्रदर्शनमा आएको चलचित्र पिके लाई दर्शकले औधी रुचाएका थिए । पिके को मुख्य भूमिकामा आमिर खान देखिएका थिए । चलचित्रमा उनले निभाएको भूमिकाले सर्वाधिक चर्चा बटुलेको थियो । अहिले यहि चलचित्रको सिक्वेल बन्ने खबर बलिउडमा तहल्का नै मच्चाइरहेको छ ।

भारतीय मिडिया अनुसार पिके को सिक्वेलमा अभिनेता रणवीर कपुर देखिने भएका छन् । पिके को अन्तिम सिनमा रणवीर पनि देखिएका थिए । अब त्यहिबाट रणवीरको कथा पिके को सिक्वेलमा अगाडि बढ्ने बताइएको छ ।

पिके का निर्माताले नै यसबारे जानकारी दिएका हुन् । पिके को सिक्वेलमा पिके को अगाडिको कथा देखाइने बताइएको छ । यद्यपि यसबारे स्वयम रणवीरले भने कुनैपनि जानकारी दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्