
बलिउड तथा हलिउडकी समेत चर्चित नायिका प्रियंका चोपडाले नायिकाभन्दा पनि पहिले आफ्नो पहिचान सन् २००० मा मिस वल्र्डको ताज जितेर बनाइसकेकी थिइन् । तर उक्त ताज पहिरिने दिन उनको दुर्घटना भएको थियो । स्टेजमा जानुभन्दा पहिले उनको अनुहारमा चोट लागेकाले उनले कपाल मुख छोप्नु परेको थियो ।
यो कुराको खुलासा स्वयम प्रियंकाले नै गरेकी हुन् ।उनले आफ्नो अटोबायोग्राफीमा उक्त दिनको बारेमा खुलाउँदै लेखेकी छिन्, जब मैले मिस वल्र्डको ताज जितेकी थिँए । तब सबैले मेरो अनुहारमा झुन्डिएको कपाल देखेका होलान् । तर, मैले त्यो बेला उक्त कपाललाई निकै सुन्दर अन्दाजमा प्रस्तुत गरेकी थिएँ ।
प्रियंका चोपडाले उक्त समयमा कपाललाई कर्ल गरिरहेको र ब्याक स्टेजमा ९० जना जति युवतीहरु भएको बताउँदै भनिन्, ुम कपाल कर्ल गर्दै थिए । तर पछाडिबाट कसैले मलाई धक्का दियो । र मेरो अनुहारका केही भाग झल्यो । मैले त्यही चोट लुकाउन उक्त कपाल अनुहार अगाडि झारेर गएकी थिएँ ।ु





