एउटा म्यूजिक भिडियो खेलेको ५ लाख लिन्छन् ‘माग्ने बुढा’



केदार घिमिरे (माग्ने बुढा) सर्वाधिक चर्चित कलाकार हुन् । हाँस्य कलाकारको रुपमा आफ्नो करियरको सुरुवात गरेका केदारको डिमाण्ड पछिल्लो समयमा फिल्ममा निकै नै छ । त्यसका साथै अब त उनलाई म्यूजिक भिडियोबाट पनि अफर आउन थालेका छन् । तर केदार धेरै मात्रामा म्यूजिक भिडियोमा काम नगर्ने बताउँछन् । उनले आफूलाई मन परेमा कम म्यूजिक भिडियोमा मात्र काम गर्ने बताएका छन् ।

हालैमात्र केदारले एक म्यूजिक भिडियोमा काम गरे । उक्त म्यूजिक भिडियोमा काम गरेबापत उनले ५ लाख पारिश्रमिक लिए । म्यूजिक भिडियोमा ५ लाख लिनु भनेको सामान्य कुरा होइन । चल्तीकै कलाकारले पनि चलचित्रबाट त्यति पारिश्रमिक पाएका हुदैँनन् जति केदारले एउटा म्यूजिक भिडियो गरेबापत पाएका छन् ।

इस’ बोलको गीतमा काम गरेवापत केदारले ५ लाख पारिश्रमिक लिएका हुन् । सम्राट चौलागाँइको शब्द तथा संगीत रहेको यो गीतमा सम्राट र रचना रिमालको स्वर छ । भिडियोमा पल शाह, गीता ढुंगाना, केदार प्रसाद घिमिरे, दिपाश्री निरौला, निर्मल शर्मा, सन्देश लामिछाने, सुमन गिरी लगायतको अभिनय हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्