
केहीसयम देखि सामाजिक सञ्जालमा डा.मशहुर गुलाटीका नामले परिचित सुनिल ग्रोवर र कपिल शर्माको सहकार्य पुनः एकपटक हुन लागेको हल्ला चलिरहेको छ । अहिले कपिल शर्माले द कपिल शर्मा शो बाट ब्रेक लिएका छन् । उनले केहीसयम पछि नयाँ तरिकाले कपिल शर्मा शो लिएर दर्शकमाझ आउने बताएका थिए ।
अब कपिल शर्मा शो सुरु हुदाँ सुनिललाई पनि दर्शकले देख्न सकिने खबरहरु छ्याप छ्याप्ती देख्न सकिन्छ । सलमान खानले दुईबिचको मनमुटाव मिलाइदिएको पनि बताइएको थियो । यसबारे हालैमात्र सुनिलले दिएको बयान अनुसार उनी कपिल शर्मा शो मा फर्कन लागेको कुरा झुटो रहेको अनुमान सजिलै गर्न सकिन्छ ।
किनकी उनले आफू छिट्टै दर्शकमाझ एउटा नयाँ शो लिएर आउन लागेको बताएका छन् । यसबाट सुनिल कपिल शर्मा शो मा भन्दापनि आफ्नै शो मा व्यस्त हुन लागेको बुझिन्छ । तर उनले कपिल शर्मा शो मा आउने वा नआउने बारे केहीपनि नबोलेकाले दर्शक अझैपनि अन्योलमा छन् ।





