
स्वस्तिमा खड्का पछिल्लो समयकी सर्वाधिक चर्चित नायिका हुन् । उनको डिमाण्ड नेपाली सिने क्षेत्रमा निकै नै छ । उनको डिमाण्ड अब नेपाली सिने क्षेत्रमा मात्र नभएर अन्तराष्ट्रिय स्तरसम्म नै पुगिसकेको छ । केहीसमय अघिमात्र स्वस्तिमा स्वयमले आफ हलिउड चलचित्रमा देखिन लागेको जानकारी दिएकी थिइन् । अहिले फेरि बजारमा उनी साउथ इन्डियन फिल्ममा पनि देखिन लागेको चर्चा चलिरहेको छ ।
स्वस्तिमाले काम गर्ने भनिएको दक्षिण भारतीय चलचित्र थिरीमाली हो । उक्त फिल्ममा विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, आना रेश्मा लगायतका कलाकारको अभिनय रहनेछन् ।
यस चलचित्रमा स्वस्तिमाको कति दृश्य रहनेछ त्यो भने बताइएको छैन । अहिलेसम्म स्वयम स्वस्तिमाले पनि यसबारे कुनैपनि आधिकारीक जानकारी दिएकी छैनन् ।





