टपलेस फोटो सेयर गरेपछि विवादमा तानिइन् रिहाना, फ्यानले गरे यतिधेरै गाली…



हलिउडकी सर्वाधिक चर्चित गायिका तथा मोडल पनि हुन् । रिहाना केहीसमय अघि भारतमा चलिरहेको किसानको आन्दोलनलाई समर्थन गरेका कारण चर्चामा आएकी थिइन् । धेरै बलिउड सेलिब्रेटीले रिहानाको ट्वीटमा प्रतिक्रिया जनाएका थिए ।

एकपटक रिहाना फेरि चर्चामा आएकी छिन् । तर यसपटक उनी आफ्नो तस्बिरका कारण चर्चामा आएकी हुन् । रिहानाले हालैमात्र सामाजिक सञ्जालमा टपलेस फोटो सेयर गरिन् । यो कुनै नौलो कुरा होइन । किनकी रिहानाले यसअघि पनि आफ्ना टपलेस फोटो सामाजिक सञ्जालमा सेयर गरिसकेकी छिन् ।

तर यसपटक उनै नराम्रोसँग विवादमा तानिइन् । उनले सेयर गरेको टपलेस फोटोमा उनले भगवान गणेशको लकेट पनि लगाएकी छिन् । यो कुरा फ्यानलाई फिटिक्कै मन परेन । धेरै प्रयोगकर्ता उनीप्रति आक्रोशित भएका छन् । उनले हिन्दु धर्मको अपमान गरेको आरोप लागेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले त उनले माफी मागनु पर्ने माग नै गरेका छन् । यसबारे रिहानाले भने हालसम्म कुनैपनि प्रतिक्रिया दिएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्