छोरीका कारण एकपटक पुनः ट्रोलको शिकार भइन् ऐश्वर्या, दर्शकले यतिसम्म भने…



ऐश्वर्या राय बच्चन बलिउडकी सर्वाधिक चर्चित नायिका हुन् । तर उनी बेला बेलामा छोरीका कारण ट्रोल पनि भैरहेकी हुन्छिन् । केहीसमय अघि छोरीलाई चाहिनेभन्दा बढी मेकअप गरिदिएको भन्दै फ्यानले उनलाई ट्रोल गरेका थिए । अहिले फेरि उनी अभिषेक बच्चन र छोरी आराध्यासँग एयरपोर्टमा देखिदाँ उनले आराध्याको हात समातेर अघि लागेकी थिइन् भने अभिषेक उनीहरुको पछाडी आइरहेका थिए ।

फ्यानले यहि कुरालाई लिएर ट्रोल बनाएका हुन् । धेरै प्रयोगकर्ताले ऐश्वर्याले अभिषेकको पनि हात समातेर हिड्नु पर्ने बताएका छन् । कतिले ऐश्वर्यालाई चाहिनेभन्दा बढी प्रोटेक्टिभ भएको बताएका छन् भने कतिले देखाउनलाई मात्र त्यस्तो गरेको बताएका छन् । ऐश्वर्याको समर्थनमा पनि धेरै दर्शक आएका छन् ।

धेरैले ऐश्वर्याले एक असल आमा हुनुको कर्तव्य निभाएको र आफ्नो सन्तानप्रति निकै नै सजग रहेको बताएका छन् । हुन पनि हो, कोरोनाको महामारी अझै सकिएको छैन यस्तोमा ऐश्वर्याले आफ्नी छोरीको रक्षा गर्न उनको हात समातेर हिड्नु कुनै गलत कुरा होइन ।

प्रतिक्रिया दिनुहोस्