प्रदिप र रेनुको ‘प्रकाश’ निर्माणको घोषणा, कत्तिको जम्ला त केमेष्ट्रि ?



काठमाडौँको पाँच तारे हाटल याक एन्ड यतीमा पत्रकार सम्मेलन गर्दै चलचित्र प्रकाश को औपचारिक घोषणा गरिएको छ । चलचित्रको छायांकन जुम्लाम विभिन्न स्थानमा हुने बताइएको छ ।

दिनेश राउतले निर्देशन गर्ने चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गर्ने भएका छन् । चलचित्रमा प्रदिप खड्का, दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, नव नायिका रेनु योगीको मुख्य भूमिका रहेनछन् । रेनु चलचित्रमा अडिसन मार्फत छानिएकी हुन् ।

यो चलचित्र जुम्लामा जन्मिएको एक शिक्षित युवाको सरकारी विद्यालयमा शिक्षक बन्ने सपना र यसका लागि उसले गरेको संघर्षकोक थामा केन्द्रीत हुनेछ । प्रदिप यो चलचित्रलाई लिएर निकै नै उत्साहित छन् । उनले यस चलचित्र मार्फत आफूले धेरै जनतालाई एउटा राम्रो म्यासेज दिन सक्ने बताएका छन् ।

यस्तै नव नायिका रेनु पनि प्रदिपसँग काम गर्नको लागि आतुर छिन् । अब दर्शकले भने प्रदिप र रेनुको केमेष्ट्रिलाई कत्तिको रुचाउने हुन् त्यो हेर्न भने केही समय पर्खनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्