मिथिलाका लागि गाए मदनले ‘फुलबुट्टे सारी’…



वरिष्ठ हाँस्य कलाकारको रुपमा परिचित मदनकृष्ण श्रेष्ठ राम्रो कलाकार मात्र नभएर राम्रो गायक पनि हुन् । नेवार समुदायका मदनले केही नेवारी र नेपाली गीतहरु गाइसकेका छन् । यसैबिच हालैमात्र उनको नयाँ गीत बजारमा रिलिज भएको छ ।

दर्शकमाझ पहिले नै लोकप्रिय बनिसकेको फुलबुट्टे सारी को लेजेन्ट भर्जन मदकृष्ण श्रेष्ठले गाएका छन् । यस गीतको मेल, फिमेल र चाइल्ड भर्जनलाई दर्शक श्रोताले निकै नै रुचाएका थिए । यसैबिच सार्वजनिक भएको लेजेन्ड भर्जनलाई पनि दर्शकले रुचाइरहेका छन् ।

राजनराज सिवाकोटीको शब्द र संगीत रहेको फुलबुट्टे सारी को लेजेन्ड भर्जनमा स्वयम मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा फिचर्ड रहेका छन् ।भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्