
गत जूनमा आत्महत्या गरेका अभिनेता सुशान्त सिंह राजपुतसँग चलचित्र एमएस धोनीः द अनटोल्ड स्टोरी मा सुशान्तको मित्रको रुपमा देखिएका उनका सहकर्मी कलाकार सन्दीप नाहरले पनि आत्महत्या गरेका छन् । सन्दीपले सामाजिक सञ्जालमा ९ मिनेटको भिडियो र सुसाइड नोट पोष्ट गरेका थिए । पछि दुवै पोष्ट डिलिट गरियो ।
भिडियो र सुसाइड नोटमा उनले आफ्नी पत्नीमाथि आरोप लगाएका छन् । उनले आफ्नी पत्नीले २ बर्षमा १ सयभन्दा धेरै पटक आत्महत्याको लागि भनिसकेको बताएका छन् । पत्नीले बारम्बार आत्महत्या गर्ने धम्की दिइरहेकाले आज आफैँले यस्तो कदम उठाएको बताएका छन् ।





