
कुनै समयकी चर्चित बलिउड अभिनेत्री ट्वीङ्कल खन्ना बेला बेलामा सामाजिक सञ्जालमा आफ्नो जीवनको रोचक किस्सा सेयर गरिरहेकी हुन्छिन् । यसैबिच उनले आफ्नो पहिलो प्रेमको कहानी दर्शकमाझ सेयर गरेका छन् ।
ट्वीङ्कल खन्नालाई पहिलो प्रेम उनी स्कुलमा पढ्दा नै भएको थियो । ट्वीङ्कलले आफ्नो विगतको दिन सम्झदैँ भनिन्, उनी बेन्चमा मेरो छेउमा लुके, हामी दुवैको खुट्टा एक आपसमा ठोक्कियो । उ निकै सुन्दर र प्यारो थियो । उनको अनुहार निकै राम्रो थियो, उनी असाध्यै नै राम्रा थिए । हामी एक अर्कामा यति हरायौँ कि कक्षामा नै लक भएका थियौँ । त्यतिबेला डरले ट्वीङ्कलले कक्षाकोठाको झ्यालबाट हाम फाल्ने सोच समेत बनाएकी थिइन् । तर पछि त्यसो गरिनन् ।
यो घटना भएको धेरै बर्ष भैसक्यो । ट्वीङ्कल अहिले ती व्यक्तिलाई भेटे आफू नचिन्ने समेत बताउँछिन् ।





