
यतिबेला सामाजिक सञ्जालमा चर्चामा रहेका जोडी हुन्, आदित्य नारायण र स्वेता अग्रवाल । यी दुईले गतबर्ष डिसेम्बरमा ११ बर्षको प्रेमपछि विवाह गरेका थिए । दर्शकले आदित्य र स्वेताको जोडीलाई निकै रुचाएका छन् । आदित्यले निकै मुश्किलले स्वेताको माया पाएका हुन् ।
सुरुवाती दिनमा स्वेताले आदित्यलाई साथी मात्र सम्झेकी थिइन् । तर आदित्यलाई भने पहिलो पटक देख्दा नै स्वेता निकै मन परेको थियो । हिजो भ्यालेनटाइन भएकाले यी दुईको प्रेमबारे पुनः एकपटक चारैतिर चर्चा भएको हो । आदित्यले निरन्तर प्रयास गरिरहेपछि स्वेताको मन जितेका थिए ।
भारतीय मिडियासँग कुरा गर्दै स्वेताले भनिन्,‘हामी हरेक दिन एक अर्कालाई प्रेम गर्छौं । यदि तपाईं एक दिनका लागि मात्रै प्रेम गर्नुहुन्छ भने यो गलत हो । तपाईंले हरेक दिन राम्रोसँग मनाउनुपर्छ । थुप्रै वर्षसम्म, हामी भ्यालेन्टाइन्स डे मा बाहिर जान्थ्यौं, अन्य जोडी झैं यसलाई मनायौं तर यो वर्ष हाम्रो लागि विशेष छ ।’
यसपटकको भ्यालेनटाइनमा आदित्य निकै व्यस्त छन् । जसका कारण यी दुईले भ्यालेनटाइन मा विशेष समय बिताउन पाएनन् । स्वेताले आदित्यलाई भनेकी छिन्, जाउ पैसा कमाएर आउ, त्यसपछि हामी दुवै कतै जान सकौँ ।
आदित्यले स्वेताको कुरा मानेका पनि छन् । भारतीय मिडियाले बताए अनुसार अर्को महिना यी दुई बिदा मनाउन कतै जादैँछन् ।





