लामो समयपछि पर्दामा एकसाथ देखिदैँ सलमान र शाहरुख, हर्षित हुदैँ फ्यानले दिए यस्तो प्रतिक्रिया…



सलमान खान र शाहरुख खान दुवै बलिउडका निकै नै चर्चित अभिनेताहरु हुन् । यी दुईले एकसाथ केही चलचित्रमा काम पनि गरेका छन् । दुवै रियल लाइफमा एकअर्काका मिल्ने साथी पनि हुन् । यी दुई एकअर्काको परिवारसँग पनि नजिक छन् । अब यिनै दुई अभिनेता लामो समयपछि पुनः एकसाथ पर्दामा देखिने भएका छन् ।

यो कुराले सलमान र शाहरुखका फ्यान निकै नै हर्षित भएका छन् । शाहरुख खान र दिपिका पादुकोणको मूख्य भूमिका रहने चलचित्र पठान मा सलमानको पनि विशेष भूमिका रहने बताइएको छ । सलमानले बिगबोस १४ को फिनाले लगत्तै पठान को छायांकन सुरु गर्नेछन् । सलमान स्वयम पनि यस चलचित्रमा काम गर्नको लागि उत्साहित छन् ।

फ्यानले यतिबेला सामाजिक सञ्जालमा पुनः एकपटक सलमान र शाहरुखलाई देख्न आतुर रहेको प्रतिक्रिया दिइरहेका छन् । चलचित्र पठान यहि बर्ष नै रिलिज गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्