नबाँच्ने अवस्थामा थिए प्रियंकाका पिता, ऋतिक रोशनले यसरी बचाएका थिए ज्यान…



बलिउडमा एकअर्काको असल साथीको रुपमा चिनिने थोरै मात्र कलाकार छन् । जसको उदाहरणको रुपमा हामीले ऋतिक रोशन र प्रियंका चोपडालाई लिन सक्छौँ । यी दुईले केही चलचित्रमा सँगै काम गरेका छन् । चलचित्रमा त यी दुईको केमेष्ट्रिलाई रुचाइन्छ नै त्यसका साथै रियल लाइफमा पनि यी दुई एकअर्काको मिल्ने साथी हुन् ।

ऋतिक त्यसैपनि आफ्नो सहयोगी व्यवहारका लागि चिनिन्छन् । झन् आफूसँग नजिक रहेका मान्छेका लागि त उनी जे गर्न पनि तयार रहन्छन् । उनले आफ्नी मिल्ने साथी प्रियंकालाई एकपटक निकै ठूलो सहयोग गरेका छन् । एकपटक प्रियंका फिल्मको सुटिङमा निकै व्यस्त थिइन् र त्यहि बेला उनका पिता गम्भिर बिरामी भएका थिए ।

प्रियंकाको पिता गम्भिर बिरामी भएको थाहा पाउने बित्तिकै ऋतिकले तुरुन्त एयर इन्डियालाई फोन गरेर उनको पिताको उपचारको लागि तत्काल लण्डन उडानको व्यवस्था मिलाइदिए । प्रियंका यो कुराको लागि अहिले पनि ऋतिकलाई धन्यवाद दिइरहन्छिन् । उनले त्यतिबेला ऋतिक नभएको भए आफ्नो पितालाई बचाउनै नसकिने समेत बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्