रेखालाई बुहारीको रुपमा देख्दा भड्किएकी थिइन् उनकी सासू, आर्शीवाद लिन खुट्टा छुदाँ चप्पल देखाइन्



रेखा बलिउडकी सर्वाधिक चर्चित र सदावहार नायिका हुन् । उनै रेखाको जीवनका यस्ता केही घटनाहरु छन्, जुन दर्शकलाई त्यति थाहा छैन । रेखा लामो समयदेखि एक्लो जीवन बिताइरहेकी छिन् । धेरै मानिसले रेखा अविवाहित नै रहेको सोच्छन् । तर रेखाको धेरै बर्ष पहिले नै सम्बन्ध टुटेको थियो । हुन त रेखाको अमिताभ बच्चनसँग पनि गहिरो प्रेम थियो । यी दुईले विवाह गर्ने योजना पनि बनाएका थिए । तर जयाले रेखा र अमिताभको सम्बन्धलाई तोडिदिइन् ।

रेखाले विनोद मेहरासँग विवाह गरेकी थिइन् । कोलकतामा यी दुईको विवाह भएको थियो । विवाहपछि जब रेखा विनोद मेहराको घरमा आमाको आर्शीवाद लिन गएकी थिइन्, त्यतिबेला विनोदकी आमाले रिसले चप्पल खोलेर रेखालाई देखाएकी थिइन् । त्यतिमात्र नभएर रेखाले सासूको खुट्टा छोएर आर्शीवाद लिन खोज्दा सासूले धकेलेर टाढा हटाएकी थिइन् ।

रेखा र विनोदको सम्बन्धबाट विनोदकी आमा खुसी थिइन् । जसका कारण उनले रेखालाई निकै गाली पनि गरिन् । तर विनोदले जसोतसो आफ्नी आमालाई केही समयसम्म सम्झाए । तैपनि यी दुईको सम्बन्ध धेरै समयसम्म भन टिकेन ।

प्रतिक्रिया दिनुहोस्