‘फुलबुट्टे सारी’ को अपार सफलतापछि पल र मलिकाको ‘टाढा भए पनि’ रिलिज (भिडियो)



पछिल्लो समयमा निकै चर्चामा रहेको गीत हो, टाढा भएपनि मेरो माया गाढा छ नि । उर्गेन दोङको शब्द र संगीत रहेको गीतमा उर्गेन दोङकै आवाज रहेको छ । मेल भर्जनले दर्शकको सर्वाधिक मन जितेपछि हालै यसको फिमेल भर्जन पनि रिलिज भएको छ ।

फिमेल भर्जन पछिल्लो समयकी चर्चित गायिका अस्मिता अधिकारीले गाएकी छिन् भने उनलाई उर्गेनले पनि साथ दिएका छन् । गीतको भिडियोमा फुलबुट्टे सारी बाट चर्चामा आएका जोडी पल शाह र मलिका महत फिचर्ड छन् । गीतमा पल र मलिकाको लोभलाग्दो केमेष्ट्रि देख्न सकिन्छ ।

यो गीत रिलिज भएको केही समयमै दर्शकको मन जितिरहेको छ । गीत हेर्ने अधिकांश दर्शकले निकै राम्रो प्रतिक्रिया दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्