
भ्यालेन्टाईनको विशेष अबसर पारेर गायक आर।पी। कर्माचार्य र दिपा लामाको सुमधुर आवाजमा रहेको यूगल गीतुमेरो माया तिमिलाईु को म्युजिक भिडियो सार्वजनिक भएको छ।
डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा स्माईलुको संगीत र उदय राज पौडेलको संगीत संयोजन रहेको छ।
नितेश खत्री र स्वस्तिमा कार्कीको अभिनय रहेको म्युजिक भिडियोमा अरोन अशोक कुमारको छांयाकन,प्रदिप बस्नेतको सम्पादन र देबजंग थापाको निर्देशन रहेको छ। निरु कर्माचार्यको लगानी रहेको म्युजिक भिडियो डश म्युजिक नेपाल मार्फत सार्बजनिक गरिएको हो।





